बाँके बैशाख २४ गते ।
नेपालगन्जमा हिंजो ५४ स्वाब मध्ये ५४ जनाको रिपोर्ट नेगेटिभ आएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ। कोरोना भाइरस संक्रमण परीक्षणका लागि नेपालगन्जबाट संकलन गरिएका स्वाब मध्ये ५४ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।
हिंजो संकलन गरिएका सबै स्वाबको रिपोर्ट आएको छ । २३ जनामा कोरोना संक्रमण भेटिएपछि नेपालगन्जको जोलहनपुरुवा, महेन्द्र पार्क, डिएसपी रोड, रानीतलाउन सब्जीमण्डीलगायतका स्थानबाट स्वाब संकलनलाई तीब्र पारिएको छ।
भेरी अस्पतालमा रहेको कोरोना भाइरस संक्रमण जाँच ल्याबमा गरिएको स्वाब परीक्षणमा आज बुधबार ५४ जनामा नेगेटिभ भेटिएको छ।भने आज पुन १३६ जनाको स्वाब संकलन गरिएको छ।
संकलित सबै स्वाब नमुनाको परीक्षणका लागि नेपालगञ्जकै भेरी अस्पतालस्थित प्रयोगशाला पठाइएको भेरि अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ।
Discussion about this post