काठमाडौ बैशाख २५ गते ।
संघीय सांसदहरुको कोरोना परीक्षण शुरु गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको आजदखि कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण सुरु गरिएको हो ।
भोलि हुने बजेट अधिवेशनका लागि सांसदको पिसिआर परीक्षण थालिएको हो । संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।
एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ । सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइएको छ ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले स्वीकार गरेपछि सचिवालयमा भएका चिकित्सकहरुका अतिरिक्त समेत थप गरेर कोरोना परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।
Discussion about this post