काठमाडौ बैशाख २५ गते ।
संघीय संसद भवनमा बिहीबार बिहान १० बजेदेखि गरिएको परिक्षणमा २०३ जना सांसदसहित ४३३ जनाको कोरोना परीक्षण गरिएको छ ।
भवनको ल्होत्से हलमा आज गरिएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए । बिहीबार स्वाब संकलनमा छुटेका सांसदको भोलि बिहान साढे ८ बजेदेखि परीक्षण गरिने संसद सचिवालयले जनाएको छ । हाल प्रतिनिधि सभामा २७५ जना छन् ।
राष्ट्रिय सभामा हाल ५८ जना छन् । संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । रिपोर्ट शुक्रबार दिउँसोसम्म आउने जनाइएको छ ।
रिपोर्ट आएपछि मात्रै सांसदहरु बैठक कक्षमा प्रवेश गर्न पाउनेछन् । भोलिबाट संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ । दिउँसो ४ बजेलाई बैठक बोलाइएको छ ।
Discussion about this post