बाँके बैशाख २६ गते ।
नेपालगन्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालगन्जमा मात्र कोरोना संक्रमितको संख्या २४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज आफ्नो नियमित कोरोना अपडेट व्रिफिङमा नेपालगन्जका १६ बर्षीय बालकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो ।
अव नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, पिसिआर रिपोर्टमा एकजनामा कोरोना देखिएको हो। नेपालगन्जको भेरी अस्पतालमा गरिएको पिसिआरमा १६ बर्षिय बालकमा कोरोना देखिएको उहाँले जानकारी दिनुभयो । तर कति वटा स्वाब परीक्षण भयो भन्नेबारे एकछिन पछि मात्र थाहा हुने उहाँले बताउनुभयो ।
Discussion about this post