तस्बिर जावेद अन्सारी
बाँके बैशाख २६ गते ।
नेपालगन्जमा आजदेखि निषेधालाई केही खुकुलो पारिएको छ । नेपालगन्ज उपमहानगरपालिका ८ को एउटै वस्तिमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि २२ गतेदेखि २५ गते राती १२ बजेसम्म स्थानीय प्रशासनले हिडडुलमा समेत प्रतिबन्ध लाग्ने गरी निषेधाज्ञा जारी गरेको थियो ।
तर सर्वसाधरणको दैनिकीलाई सहज बनाउन भन्दै आज विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निषेधाज्ञा खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । उक्त समयमा आज दैनिक उपभोग्य सामाग्री किनमेल गर्नेको बजारमा चहलपहल देखिएको थियो । स्थानीय प्रशासनले सामाजिक दूरी कायम गर्नेगरी किनबेच गर्न पाइने भनेको छ ।
अत्यावश्यक खाद्यान्न, तरकारी, डेरीलगायतका पसलहरु विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न पाइने छ । ति पसलमा सामग्री खरिद गर्न जाने उपभोक्ता पैदलै हिडेर जानु पर्नेछ ।
सवारी साधनको प्रयोग गरेर सामग्री खरिद गर्न जान भने नपाइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । ३ बजेपछि भने निषेधाज्ञा कायमै रहने प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।
Discussion about this post