सुर्खेत बैशाख २६ गते ।
सुर्खेत चौकुने गाउँपालिकाको तोस्रा क्वारेन्टाइनमा बसेका ६२ जनालाई स्वास्थ्य परीक्षणको प्रमाणपत्र दिएर घर पठाइएको छ । तोस्राको जनजागृत माविको क्वारेन्टाइनमा बसेका ६२ जनालाई शुक्रबार घर पठाइएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।
भारत र काठमाडौँबाट उद्धार गरेर ल्याइएका उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण पनि गरिएको थियो । स्वास्थ्य परीक्षणमा कोरोना र्यापिड टेस्टमा नतिजा नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिकाले जनाएको छ ।
क्वारेन्टाइनबाट घर पठाइएका उनीहरुलाई एक हप्ता घरमै बस्न र त्यसपछि पनि सामाजिक दुरी कायम राखेर मात्रै अरुसँग कुराकानी गर्न आग्रह गरिएको छ ।
यसअघि बिहीबार गुटु झकमकेमा रहेको जीवन ज्योतीमा माविमा रहेका ८ जनालाई पनि १४ दिन क्वारेन्टाइन अवधि पुरा गरेर घर पठाइएको थियो । त्यसअघि सुरुवाती चरणमा बसेका १४ जनालाई क्वारेन्टाइनमा राखेर मात्रै घर जान दिइएको थियो ।
Discussion about this post