बाँके बैशाख २७ गते ।
बाँकेमा थप ५६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यो रिपोर्ट सँगै नेपालगन्जबासीले केही राहतको महसुस गरेका छन् । कोरोना संक्रमितको कन्टयाक्ट टे«सिङका आधारमा पछिल्ला पटक नेपालगन्जका ४८ जनाको स्वाब संकलन गरिएको थियो ।
तिसबैको रिपोर्ट नेगेटिभ आएको छ । भेरी अस्पताल नेपालगन्जमा पिसिआर विधिबाट परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
नेपालगन्जको विपी चोक क्षेत्रबाट ३०, खजुरा गाउँपालिकाको सोनपुरबाट १७, खजुरा क्यान्सर अस्पतालबाट १ र नेपालगन्ज मेडिकल कलेजबाट संकलित ८ गरेर ५६ स्वाबको रिपोर्टमा कोरोना नदेखिएको हो ।
बैशाख १९ गते पहिलोपटक नेपालगन्जको वडा नम्बर ७ डिएसपी रोडका ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि वडा नम्बर ८ जोलहनपुरुवाका थप २३ जनामा कोरोना देखिएको थियो । नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।
Discussion about this post