काठमाडौ बैशाख २९ गते ।
भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण २ हजार २ सय १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । अहिलेसम्म संक्रमितको संख्या ६७ हजार नाघेको छ । सोमबार बिहानसम्म ६७ हजार २ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । जुन पेरुको बराबर हो ।
पेरुमा ६७ हजार ३ सय बढी संक्रमित छन । भारतमा उपचारपछि निको भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । अहिलेसम्म २० हजार मानिस उपचारपछि घर फर्किएका छन । जुन राम्रो तथ्यांक हो । अमेरिका, स्पेन, इटाली, फ्रान्स, बेलायत, रुसपछि भारत कोरोना महामारीको इपिसेन्टर बन्ने अनुमान गरिएको छ ।
Discussion about this post