बाँके बैशाख २९ गते ।
खजुरा गाउँपालिका ३ धौलागिरीका युवाहरूले २४ विपन्न परिवारलाई राहत वितरण गरेका छन् । युवाहरूले आफुहरुले संकलन गरेको रकम राहत प्याकेज बनाएर लकडाउनका कारण मर्कामा परेका बिपन्न परिवारको पहिचान गरि खजुरा गाउँपालिका वडा नं. ३ का महिला सदस्य देउमाया थापाको रोहवरमा उक्त राहत वितरण गरेका हुन् ।युवाहरुलेव २० किलो चामल, १ किलो नुन, एक पोका तेल र एउटा साबुन वितरण गरेका छन् ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आयोजित राहत वितरण कार्यक्रममा सहयोगी हातहरुलाइ धन्यवाद ज्ञापनसमेत गरिएको छ । र खजुराका युवाहरुललाई सधै सकारात्मक र सिर्जनात्मक काममा लाग्ने गरेको त्यहाँका एक स्थानियले बताएका छन् । उनले रोशन थापा, देवबहादुर कुँवर, कृष्ण क्षेत्री लगायतका युवाको अगुवाइमा यहाँका अन्य युवाहरु कोरोना विरुद्धको अभियानमा होस वा अन्य कुनै बिपदको बेला होस यहाँ का युवा जागरुक भएर गाउँको रक्षा गर्न निरन्तर खटिने गरेको बताएका छन् ।
Discussion about this post