खोजखबर संवाददाता
नवलपरासी साउन २९ गते। पूर्वी नवलपरासीको अरुणखोलामा रहेको अरुणखोला पुल ट्रकको ठक्करका कारण भासिएको छ ।
पुल भासिएका कारण ठूला सवारी साधन आवतजातवमा रोकिएको छ भने साना सवारी साधनमा मात्र आवतजावत गर्न दिइएको छ ।
बुधबार विहान साढे ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको बायाँ साइडमा ठक्कर दिंदा पुलको पूर्वदक्षिणको १० मिटर भाग डेढ मिटर गहिरो भासिएको इलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।अधिकारीका अनु्सार ट्रक हटाउन पहल भईरहेको छ भने सडक डिभिजन कार्यालय, स्थानीय निकायसँग समन्वय गरी वैकल्पिक बाटो खुलाउने प्रयास भईरहेको छ ।
साभार दाउने न्युज डट कम
Discussion about this post