सुर्खेत बैशाख ३० गते ।
पूर्वमन्त्री हृद्यराम थानीले चौकुने गाउँपालिकालाई २५ हजार रुपैयाँ नगदसहित स्वास्थ्य सामग्री सहयोग गरेका छन । मंगलबार गाउँपालिकाको कार्यालय गुटुमा पुगेर पूर्वमन्त्री थानीले २५ हजार रुपैयाँ नगद, मास्क, स्यानिटाइजर लगायत स्वास्थ्य सामग्री सहयोग गरेको मन्त्री थानीका सहयोगीले जानकारी दिएका छन ।
कोरोना महामारीबाट बच्नका लागि राहत तथा स्वास्थ्य सामग्री सहयोग गरिएको मन्त्री थानीको भनाई छ । थानी चार बर्षअघि सहकारी तथा गरीबी निवारणमन्त्री बनेका थिए । २०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा भने थानी सुर्खेत क्षेत्र नं। २ मा नेकपाका उम्मेद्वार नवराज रावतसँग पराजित भएका थिए ।
रावत अहिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन । राज्यमन्त्री रावतले पनि केही समयअघि चौकुने गाउँपालिकामा पुगेर स्वास्थ्य सामग्री वितरण गरेका थिए । त्यसअघि पूर्वराज्यमन्त्री तप्तबहादुर बिष्टले पनि स्वास्थ्य सामग्री बितरण गरेका थिए ।
Discussion about this post