काठमाडौं बैशाख ३० गते ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते दिउँसो ४ बजे प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा जेठ २ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
गएको बर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार शब्दका कारण विवाद उत्पन्न भएको थियो ।
Discussion about this post