काठमाडौ बैशाख ३० गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकमा भारतले सडक बनाइरहेको विषयमा आफूलाई सुचना नभएको बताएका छन । मंगलबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताएका एक मन्त्रीले जानकारी दिएका छन । सीडीओले केही महिना पहिले रिर्पोटिङ गरेका थिए ।
अरु के के विषयमा उनले जानकारी पनि गराए । तर भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेनन्’ प्रधानमन्त्री ओलीले भने । मन्त्रीहरुले पनि यसबारेमा आफूलाई जानकारी नगराएको प्रधानन्त्री ओलीको दाबी छ । तर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ६ महिनादेखि नै भारतले सडक बनाइरहेको सुचना पाइएको बताएका थिए ।
तर मंगलबार प्रधानमन्त्री ओलीले आफूलाई यसबारेमा सुचना नदिएको भनेर झुटो बोलेको आशंका गरिएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीले पटक पटक भारतको विरोध गर्दा कालापानी, लिपुलेक, सुस्तामा भारतले हस्तक्षेप गरिरहेको बताउदै आएका थिए ।
Discussion about this post