खोजखबर संवाददाता
बाँके साउन २९ गते। दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भने मुल नाराका साथ माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औ वार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न हुन गइ रहेको छ ।
बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ९ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न गर्ने कार्यक्रम रहेको छ । ९ औ वार्षिक साधारण सभा साे सहकारी संस्थाका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षतामा र बाँके क्षेत्र नम्बर २ का सांसद तथा नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको प्रमुख अतिथीमा सम्पन्न हुने संस्थाका अध्यक्ष कुरैसीले बताए । ९ औ वार्षिक साधारण सभा कार्यक्रम साउन ३२ गते शनिबार बिहान १० बजे सिद्धार्थ कटेज एण्ड रेष्टुरेन्टमा शुरु हुने अध्यक्ष कुरैसीले जानकारी दिए ।
Discussion about this post