कृष्णा यादब
विरगञ्ज बैशाख ३१ गते ।
पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका बिरगंजकक पत्रकारहरुले बुधबार आफै अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् ।
पर्सामा मङगलबार एकैदिन थप ५७ कोरोना संक्रमीत भेटिएका थिए । ती मध्ये बिरगंजका २ पत्रकार पनि छन् । दुवै पत्रकारलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि सकिएको छ ।
सँगै काम गर्ने सहकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बिरगंजका थप आतंकित भएका छन्। बिरगंज र काठमाडौंका विभिन्न संचारगृहमा कार्यरत पत्रकारले बुधबार नारायणी अस्पतालमा पुगेर परीक्षणका लागि स्वाबको नमूना दिएका हुन् ।
बुधबार पीसीआर परीक्षणका लागि १ सय ४ जना पत्रकारको स्वाबको नमूना संकलन गरिएको नारायणी
अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिएका हुन् ।
Discussion about this post