काठमाडौ जेठ ३ गते ।
पहिलो पटक नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङको क्रममा पुष्टि गरेका दुवैजना संक्रमित नेपाली सेनामा रहेको पुष्टि भएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले शनिबार पुष्टि भएका दुवैजना महोत्तरी जिल्लाको बर्दिबासस्थित किसाननगरको सैनिक क्याम्पमा कार्यरत रहेको जानकारी दिए।
महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुष महोत्तरीको क्याम्पमा कार्यरत थिए। उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले स्वाब संकलन गरेको थियो।नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि दुई जना सैनिकमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका छन्।
उनीहरुलाई काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा राखिने सेनाले जनाएको छ ।
Discussion about this post