बाँके जेठ ४ गते ।
बाँकेको नरैनापुर गाउँपालिका ५ का २५ बर्षिय युवकको कोरोना भाइरसबाटै मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। भारतबाट ३० गते आएका उनी प्रभात मावि भोजभगवानपुरको क्वारेन्टिनमा बस्दै आएका थिए ।
उनको आजै अन्त्यष्टि गरिने स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । आज विहान तीन बजेतिर वान्ता गरेका उनको पौने ७ बजे मृत्यु भएको थियो ।
Discussion about this post