फाइल फोटो
बाँके जेठ ५ गते ।
बाँकेको नरैनापुरबाट पछिल्लो पटक संकलिन १६२ थ्रोट स्वाबको परीक्षण रिपोर्ट आज आउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पतालमा पिसिआर परीक्षण भइरहेकाले आज रिपोर्ट आउने जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले शनिबार नरैनापुरबाट २ सय ६३ जनाको स्वाब लिँदा हिंजो कोरोनाबाट मृत्यु भएका युवकोे पनि लिइएको थियो । नरैनापुरमा यसअघि आठ जनामा कोरोना पोजिटिभ देखिएको थियो।उनीहरुको सम्पर्कमा आएका २ सय ६३ जनाको स्वाब लिँदा कोरोनाबाट मृत्यु भएका युवा पनि परेका थिए ।
जिल्लाको पूर्वी गाउँपालिकामा पर्ने नरैनापुरमा अझै भारतबाट आउने क्रम रोकिएको छैन । त्यहाँ ११ वटा क्वारेन्टाइन बनाएर ६ सय २५ जनालाई राखिएको छ ।
Discussion about this post