फाइल फोटो
बाँके जेठ ६ गते ।
बाँकेको नरैनापुरमा कोरोना पुष्टि भएका ५९ जनालाई अहिलेसम्म पनि राख्ने ठाउँको टुंगोल लाग्न सकेको छैन् । नेपालगन्जमा ल्याउने भनिएपनि ठाउँको टुंगो लाग्न नसकेको हो । यसअघि संक्रमण पुष्टि भएका आठ जनाको दाङस्थित बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार संक्रमण पुष्टि भएकालाई पनि तत्काल आइसोलेसनमा लैजानुपर्दथ्यो । तर बाँकेमा आइसोलेसन अभावमा उनीहरु उनीहरु अहिले पनि आपको बगैचामा बस्न बाध्य भएका छन । संक्रमण पुष्टि भएपछि उनीहरुलाई कहाँ र कसरी राख्ने भन्ने जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गर्नुपर्ने भए पनि स्थानीय प्रशासनले चासो नदेखाउँदा त्राससँगै जोखिम बढेको छ ।
गाउँपालिकाको स्वास्थ्य टोलीले विहान नौं बजेपछि मात्रै उनीहरुलाई क्वारेन्टाइनबाट अलग गरेर आँप बगैचामा राखिएको छ । लामो समयसम्म संक्रमित र अन्य व्यक्ति सँगसँगै बसेपछि स्थानीयहरुमा त्रास बढेको छ ।
Discussion about this post