बाँके जेठ ६ गते ।
कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा लकडाउनको कार्यान्वयनमा पुन कडाई गर्ने भएको छ । मंगलवारबाट लागु हुने गरी नगरक्षेत्रमा सबै प्रकारका उद्योग, व्यवसाय बन्द गर्न र बैंक तथा वित्तीय संस्थाको सेवा रोक्न समेत नगरापालिकाले निर्देशन दिएको छ ।
बाँकेको नरैनापुरमा ठुलो परिणाममा संक्रमित देखिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो। पछिल्लो समय दिन प्रतिदिन सन्क्रमित संख्या बढ्न लागेपछी लकडाउनलाई थप कडाइ गर्नु परेको बताउछ्न नगर प्रमुख लुट बहादुर रावत । उनले कोहलपुरमा बार बार आग्रह गर्दा नि लकडाउनको पुर्ण पालना सर्वसाधारणले नगरेको गुनासो समेत पोखेका छन् ।
Discussion about this post