बाँके जेठ ८ गते ।
नेपालगन्ज नाकाबाट गएराती करिव तीन हजार नेपालीलाई नेपाल प्रवेश गराइएको छ । नाकामा भारततिर फसेका नेपालीको उद्दार गरिएको हो । प्रहरीले दिएको जानकारी अनुसार, नेपालगन्ज नाकाबाट २ हजार ७ सय ३८ जना नेपालीलाई नेपाल ल्याइएको छ ।
भारतका विभिन्न सहरमा पुगेका नेपालीहरु घर फर्किदा लकडाउनका कारण नाकामा अलपत्र परेका थिए । नेपालगन्ज भित्र्याइएका नेपालीहरुलाई सवारी साधनको व्यवस्थापन गरेर सम्बन्धित जिल्लामा पठाइएको बाँकेका एसपी वीरबहादुर ओलीले जानकारी दिनुभयो ।यसअघि जेष्ठ ३ गते करिव ७ सय नेपालीलाई यो नाकाबाट भित्र्याइएको थियो । बाँकेका साढे चार सय बढी रहेका छन् ।
बाँकेको हकमा महेन्द्र बहुुमुखि क्पाम्पसको क्वारेन्टिनमा ल्याएर सम्बन्धित पालिकामा पठाइएको छ । यसरी नेपाली ल्याइरहँदा बाँकेमा रहेका भारतीयलाई पनि आफ्नो देश पठाइएको छ । २ हजार ८ सय ११ जना भारतीयलाई उनीहरुकै देश पठाइएको हो ।यसअघि गएको जेठ तीनमा करिव २ हजार भारतीयलाई पठाइएको थियो ।
Discussion about this post