पाल्पा जेठ ८ गते ।
कालिगण्डकी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला परेको छ। रामपुर नगरपालिका(१० सिकोडाँडाका ८ वर्षको समिर चापागाई र १० वर्षीय सुनिल भट्टराईको शव फेला परेको हो।
जेठ ४ गते दिउँसो पौडी खेल्ने क्रममा रामपुर नगरपालिका(१० मलौटेघाटबाट बालकहरु कालिगण्डकीमा बेपत्ता भएका थिए। ४ दिनपछि उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
Discussion about this post