बाँके जेठ ८ गते ।
बाँके र कपिलबस्तुमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । बाँकेको नरैनापुर गाउँपालिका ३ का ३२ बर्षिय पुरुष र खजुरा गाउँपालिका ३ की ४२ बर्षिया महिलामा कोरोना देखिएको हो ।
बाँकेमा मात्र योसहित संक्रमितको संख्या १०१ पुगेको छ। यस्तै कपिलबस्तुको सुद्दोधन गाउँपालिकाका १९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा कोरोनाबाट तीन जनाले ज्यान गुमाइसकेका छन् ।
Discussion about this post