काठमाडौं जेठ ९ गते ।
सरकारले संसदमा संविधान संशोधन प्रस्ताव लैजाने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधनका लागि सदनमा प्रस्ताव दर्ता गराउने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारद्वारा हालै मात्र जारी गरिएको नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानमै संशोधन गर्नुपर्ने भएकाले सो प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
भारतको अतिक्रमणमा रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गरेर परिवर्तन गर्नका लागि संविधान संशोधन प्रस्ताव लैजाने निर्णय भएको हो ।
सोमबारको मन्त्रिपरिषद बैठकले नेपालको नयाँ नक्सा पारित गरेको थियो, जसलाइ बिहीबार सार्वजनिक गरिको छ । संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ ।
Discussion about this post