बाँके जेठ ११ गते ।
कर्णाली प्रदेशमा १० दिनको अवधिमा भारतबाट २ हजार ५९ जना भित्रिएका छन् । तिमध्ये सबैभन्दा धेरै दैलेखका १ हजार २ सय ६२ जना रहेको कर्णाली प्रदेशको आन्तरिक मामला मन्त्रालयले जनाएको छ ।
सुर्खेतमा ५ सय ५४, सल्यानमा १ सय ४०, रुकुम पूर्वमा ७६, जाजरकोटमा ३२, मुगुमा २८, कालिकोटमा १६ जना भित्रिएका छन् । मन्त्रालयका अनुसार, हुम्ला, डोल्पा र जुम्लामा भने जेष्ठ १ देखि १० गतेसम्म भारतबाट कुनै पनि नागरिक भित्रिएका छैनन् ।
सुर्खेतमा ३ र दैलेखमा १ गरी चारजना संक्रमित पु्ष्टि भएको कर्णाली प्रदेशमा पुष्टि भएका संक्रमित भारतबाट आएका हुन् ।
Discussion about this post