बाँके जेठ ११ गते।
सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक विदा सच्याएको छ । यसअघि जेठ ११ गते आइतबार ईदको सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो । सोही निर्णयअनुसार गृहमन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक विदा दिइएको जानकारी गराएको थियो ।
गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल र दक्षिण एसियाभरबाट जेष्ठ ११ गते चन्द्रमा नदेखिएको र उक्त पर्व १२ गते मनाउने निर्णय भई सोही अनुसारको अनुरोध आएकोले विदा सारिएको जनाएको छ। यसअघि जेठ ११ गते आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो ।
सोही निर्णयअनुसार गृहमन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक विदा दिइएको जानकारी गराएको थियो। तर, गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याइएको जानकारी दिएको छ । अब ईदको सार्वजनिक विदा सोमबारलाई दिइएको गृह मन्त्रालयको संशोधित सूचनामा उल्लेख छ ।
Discussion about this post