बाँके जेठ ११ गते ।
बाँकेको नरैनापुर गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ । पछिल्लो समय कोरोना संक्रमितलाई आईसोलेसनमा लैजानेक्रममा अवरोध हुने र भगाउने कार्य हुन थालेपछि सेना परिचालन गरिएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सेनानीको कमाण्डमा सैनिक टोली परिचालन गर्न लागिएको भैरवनाथ गणका गणपति प्रमुख सेनानी नहकुल थापाले जानकारी दिनभुयो ।
जिल्ला सुरक्षा समितिले नरैनापुरमा विशेषज्ञ चिकित्सक सहित थप स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार कोरोना संक्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र कायम गरिएको छ ।
नरैनापुरमा १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमा एकजनाको मृत्यु भैसकेको छ । पछिल्लो समय कोरोना संक्रमितलाई आईसोलेसनमा लैजानेक्रममा अवरोध हुने र भगाउने कार्य हुन थालेपछि सेना परिचालन गरिएको हो । नरैनापुरमा सुरक्षामा खटिएका एकजना प्रहरी जवानमा समेत संक्रमण देखिएको छ ।
Discussion about this post