बाँके जेठ ११ गते ।
पूर्व समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राईले ईदको शुभकामना दिएका छन् । उनले ईदलाई आपसी सद्भाव र भाइचाराको रुपमा मनाउन सुझाव दिएका छन् । लकडाउनका कारण सामुहिक भेला भएर मनाउने अवस्था नरहेकाले घरमै रमाइलो गरी मनाउन उनको आग्रह छ ।
विश्वभरी फैलिएको कोरोना महामारीका कारण नेपालगन्ज पनि प्रत्यक्ष प्रभावमा परेको भन्दै उनले सजगता र सावधानी अपनाएर ईद मनाउनु पर्ने अवस्था आएको उल्लेख गरेका छन् । गएको बर्षजस्तो सामुहिक भेला हुने, अंकमाल गर्ने अवस्था अहिले छैन उनले भने घरमै परिवारसँग बसेर ईद मनाउनुको विकल्प छैन् ।
लकडाउनको पूर्णपालना गर्नु सबैको दायित्व भएकाले यसमा मुस्लिम समुदायले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
Discussion about this post