बाँके जेठ १४ गते ।
नेकपाका नेता प्रमोद धिताल भेरी अस्पताल, नेपालगञ्जको अध्यक्षमा मनोनित हुनु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट धिताललाई भेरी अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरेको हो । नेकपा, बाँकेका प्रचार विभागका प्रमुखसमेत रहेका धितालले तीन वर्ष अस्पतालको अध्यक्षको हैसियतले काम गर्नुहुनेछ ।
नवनियुक्त अध्यक्ष धितालले अस्पतालको विकास, स्तरोन्नतिका लागि काम गर्ने बताउनुभयो । उहाँले अहिले कोरोनाविरुद्धको लडाईमा सबै लागेकाले अस्पताल विकास समितिको अध्यक्षको हैसियतले त्यसमा लागेका कर्मचारी, स्वास्थ्यकर्मी सबैको मनोबल उच्च राख्न भूमिका खेल्ने बताउनुभयो । उहाँले अस्पतालको सेवा सुधारमा जोड दिनुभयो ।
Discussion about this post