बाँके जेठ १४ गते ।
बाँकेमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेको राप्तीसोनारीमा ७, डुडुवामा २, बैजनाथमा ६ र खजुरामा १ गरी १६ जना थपिएका हुन् । यो सँगै बाँकेमा मात्र संक्रमितको संख्या १७० पुगेको छ ।
तिमध्ये २२ जना निको भएर घर फर्किसकेका छन् । नरैनापुर ५ नरैनापुरका एकजना युवाको भने मृत्यु भइसकेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।
संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीकै निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । बाँकेका १६ जनासँगै आज एकैदिन ११४ जनामा कोरोना देखिएको छ ।
यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । अव नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ । १८३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा संक्रमितमध्ये ४ जनाको मृत्यु भइसकेको छ ।
Discussion about this post