रुकुम जेठ १४ गते ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनापछि हराएका जाजरकोटका एक युवकको शव हातमा डोरी बाँ’धेको र टाउकोमा चोट लागेको अवस्थामा फेला परेको छ। जाजरकोटको भेरी नगरपालिका–११ का लोकेन्द्र सुनारको श’लव भेरी नगरपालिका–१२ स्थित् नदीमा भेटिएको हो।
शव नदीको रुकुमपट्टीको भूभागमा भेटिएको हो। नदीमा हराइरहेकालाई खोज्न पुगेको सशस्त्र प्रहरीको गोताखोर टोलीले उनको शव निकालेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक महेशकुमार आचार्यले बताए।
घटनास्थलमा रहेका एक प्रहरीले लोकेन्द्रको शव डोरीले हात बाँ’धेको र टाउकोमा चोट लागेको अवस्थामा फेला परेको बताए। तर, प्रहरी निरीक्षक आचार्यले मुचुल्काका लागि घटनास्थल पुगेको टोली नफर्केकाले शव कस्तो अवस्थामा भेटिएको थियो भन्ने आफूलाई जानकारी नभएको बताए।
भेरी नगरपालिकाका मेयर (सिपि )चन्द्रप्रकाश घर्तीले पनि शव डोरीले हात बाँधेको र टाउकोमा चोट लागेको अवस्थामा भेटिएका बताए। मुचुल्कास्थलमै रहेका मेयर घर्तीले यसको पुष्टि गरेका हुन्। उनले माछा मार्न प्रयोग गरिने जाल बनाउने डोरीले हात बाँधिएको अवस्थामा शव भेटिएको बताए।
१० जेठ साँझ रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जना युवक भेरी नदीमा बेपत्ता भएका थिए।
बेपत्तामध्ये यसअघि तीजनाको शव भेटिइसकेको छ भने दुई जना अझै बेपत्ता छन्।
बेपत्ता हुनेमा भेरी नगरपालिका–११ का गोविन्द शाही र भेरी नगरपालिका–४ का सन्दिप बिक छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post