दैलेख जेठ १५ गते ।
दैलेखमा थप ८ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा नारायण नगरपालिकाका वडानम्बर १ का २६ वर्षका पुरुष, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षकी महिला र ७ का १७ वर्षीय पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ ।
Discussion about this post