बाँके जेठ १९ गते ।
कर्णाली प्रदेशमा सोमबार फेरि नयाँ संक्रमित थपिएका छन् ।नयाँ पुष्टि भएकाहरुसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका ३२ जनामा मध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा रहेको सामाजिक विकास मन्त्रालय अन्तरगतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिनुभयो ।
दैलेख नारायण नगरपालिका वडा नं। १, ३, ४, ५, ८ र १० का १६ जना, महावु गाउँपालिका ३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं। १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं। १ र १० का पाँचजना पुरुष रहेका छन् ।
Discussion about this post