बाँके जेठ २० गते ।
नेकपा बाँकेका नेता रत्न खत्रीले खजुरा गाउँपालिकाका तीन स्थानमा रहेका क्वारेन्टाइनमा मंगलबार सर्जिकल सामग्री सहयोग गर्नुभएको छ । एफ गाउँको जनकल्याण माबी,बुद्धपुरको अम्बेमाता आधारभुत विद्यालय र क गाउँस्थित आधारभुत विद्यालयमा नेता खत्रीले सर्जिकल सामग्री हस्तान्तरण गर्नुभयो ।
एफ गाउँ र बुद्धपुरमा वडा सदस्य बल बहादुर कठायतलाई सामग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा नेकपा नेता सतिश निरौला,आदर्श माबिका प्राचार्य राजेन्द्र सापकोटा,समाजसेवी ऋषि पोख्रेल लगायतको उपस्थिति थियो ।
नेता खत्री बाँकेका स्थानीय तह र खजुरामा रहेका क्वारेन्टाइनमा मास्क,सेनिटाईजर सहयोग गर्दै आउनु भएको छ ।
Discussion about this post