बाँके जेठ २४ गते ।
बाँके र बर्दियामा आज थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बाँकेका १२ र बर्दियाका २८ गरी ४० जनामा कोरोना पुष्टि भएको अस्पतालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
बाँके खजुरा गाउँपालिकाका ८ जना, बैजनाथ गाउँपालिकाका ३ र नेपालगन्ज उपमहानगरपालिकाका १, बर्दियाको बासगढी नगरपालिकाका ५, बढैयाताल गाउँपालिकाका ३, गुलरिया नगरपालिकाका ११, मधुवन नगरपालिकाका ४ र राजापुर नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जानकारी दिएको छ ।
Discussion about this post