बाँके जेठ २५ गते ।
नेपालगञ्जको जमुनाह नाकामा नेपाली सेनाले भारतबाट आउने यात्रुको सहजताका लागि ‘होल्डिङ सेन्टर’ स्थापना गरेको छ । सेनाले जिल्ला प्रशासन कार्यालय, भन्सार तथा यातायात कार्यालय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र विभिन्न संघ(संस्थासँगको समन्वयमा भन्सार कार्यालयको पार्किंग स्थलमा ‘होल्डिङ सेन्टर’ को स्थापना गरेको हो ।
‘होल्डिङ सेन्टर’ स्थापना भएपछि भारतबाट आएका यात्रुको व्यवस्थापन राम्रो हुन थालेको छ । जसले गर्दा विभिन्न जिल्लाबाट यात्रु लिन आएका सवारी साधनलाइ पनि यात्रु लैजान सहज भएको छ।
भारतबाट यात्रु लिन आएका स्थानीय सवारी चालकलाई ‘सिमावर्ती बजार रुपैडिहामा जाँदा भारतीय प्रहरीले हेप्ने हुदा आवातजावत गर्न नेपाली सवारी चालक लाई समस्या पर्ने गर्थ्यो भने अहिले होल्डिङ सेन्टर स्थापना भएपछि केही सहज हुने गतेको छ ।
त्यस्तै पछिल्लो समय भारतका विभिन्न ठाउँबाट आएका यात्रुका लागिविभिन्न संघ सस्था को सक्रियतामा ‘होल्डिङ सेन्टर’ मा प्याकिंग खानाको समेत व्यवस्था गरिएको छ । भारतबाट आएका नेपालीलाई होल्डिङ क्षेत्रमै जिल्लाका विभिन्न संघरसंस्थाले प्रशासनसँग समन्वय गरी खानाको व्यवस्था गरिएको छ ।
‘होल्डिङ सेन्टर’ मा भारतबाट आउने यात्रु र सवारी साधनलाई राखेर विवरण लिने गरिन्छ । भारतबाट आएका नेपालीलाई सवारी पास दिई सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्याउने व्यवस्था पनि मिलाइने भएको छ । जसको समग्र अगुवाई नेपाली सेनाले गरेको छ । केहिदिन यता देखि लकडाउन खुकुलो भएसँगै भारतमा दैनिक सयौंको संख्यामा नेपालीहरु स्वदेश भित्रिने गरेका छन ।
जस्को कारण भारत बाट फर्कने को मुहारमा खुसी छाएको छ भने नेपालमै बस्ने को मनमा भने कतै कोरोना पो लिएर आएकी भनेर त्रास बढेको छ ।
Discussion about this post