काठमाडौं जेठ २५ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमबाट सुरक्षित हुनका लागि सबैलाई सन्तुलित, पोसिलो तथा स्वच्छ खानाको उपभोग गर्न र व्यक्तिगत सरसफाई कायम राख्न अपिल गरेका छन्।
दोस्रो खाद्य स्वच्छता दिवसको शुभकामना दिँदै उनले भनेका छन् ‘नागरिकको खाद्य अधिकार र स्वास्थ्यको सुरक्षालाई मैले सधैं उच्च प्राथमिकतामा राखेको छु।
पछिल्लोपटक फैलिएको कोभिड–१९ को विश्वव्यापी महामारीको जोखिम कम गर्न सन्तुलित र स्वच्छ खाद्यवस्तु र औषधिजन्य वनस्पतिको प्रयोगमा जोड दिन मैले आग्रह गर्ने गरेको छु।’
भन्दै प्रधानमन्त्री ओलिले अहिले को अवस्थामा कोरोनालाई जित्नको लागि आत्मबल बढाउन र सुरक्षीत खानाको प्रयोग गर्न सके कोरोना सङ्ग लढ्ने शक्ति उत्पादन गर्न सकिने भन्दै पोषिलो र स्व्च्छ खानामा पहल गर्न सबैलाई अनुरोध गरेका छन् ।
Discussion about this post