बाँके जेठ २६ गते ।
बाँकेमा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
यसअघि आज विहान बाके जानकी गाउँपालिका ४ का २१ बर्षिय पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो । थप नयाँ संक्रमितमा नेपालगन्ज उपमहानगरपालिका ४का ४९ बर्षका पुरुष, २० का ३२ बर्षका पुरुष, १३ का १४ बर्षिय पुरुषमा कोरोना भाइरस देखिएको हो ।
यस्तै खजुरा गाउँपालिका ४ का ३६ बर्षका पुरुष र ३५ बर्षकी महिला, तीन नम्वर वडाका ४३ बर्षका पुरुष, खजुरा २ का २३ बर्षिया महिला र खजुरा गाउँपालिका ५ का उमेर नखुलेका पुरुषमा भाइरस पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
Discussion about this post