सन्धिखर्क जेठ २७ गते ।
सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना संक्र’म’ण पुष्टि भएपछि कार्यालय आजदेखि बन्द हुने भएको छ । नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाब संकलन गरी परिक्षणका लागि पठाइने र पिसिआर रिपोर्ट नआउँदासम्म सेवा सञ्चालन बन्द गरिने भएको छ ।
यस्तै नगरपालिकामा पछिल्ला १० दिनसम्म नियमित कामकाजमा खटिएका सम्पूर्ण कर्मचारीलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ । पिसिआर रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा जारी विज्ञप्ति मार्फत जनाइएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post