काठमाडौ जेठ २८ गते ।
नेकपाका सांसद गजेन्द्रबहादुर महतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर चीनले पनि बोल्नुपर्ने बताएका छन ।
नेपालभन्दा ठूलो क्षेत्र तिब्बत चीनको हो भनेर नेपालले सधै बोल्नुपर्ने तर चीनले नेपालको पक्षमा बोल्न नहुने ? भन्दै उनले प्रश्न गरेका थिए ।
हामीले बारम्बार तिब्बत चीनको भूगोल हो भन्नुपर्ने । बारम्बार भन्नुपर्ने, नभने चीन रिसाउने । दुःख मान्ने ।तर हाम्रो भूगोलबारे चीनले भारतसँग बसेर बाटो बनाउ अर्को बनाउ भन्न पाउने ? उनले थपे, यो भूगोल नेपालको हो भन्नैपर्छ ।
नत्र हामीले पनि भन्नुपर्ने हुन्छ ।भारतसँगको सीमा विवाद वार्ताद्वारा समाधान नभएमा अन्तर्राष्ट्रियकरण गर्नुपर्ने पनि सांसदहरूको धारणा आएको छ।
सांसद दुर्गा पौडेलले भनिन्, ‘सजिलैसँग भारतले भूमि फिर्ता दिइहाल्छ भन्ने मलाई लाग्दैन ।
यो मुद्दालाई लिएर अन्तर्राष्ट्रिय अदालतमा पनि जानपर्ने हुन्छ ।अरु सांसदहरूले पनि भारतले सीमा विवाद वार्ताद्वारा समाधान नभएमा अन्तर्राष्ट्रियकरण गर्नुपर्ने धारणा राखेका छन् ।
Discussion about this post