काठमाडौं जेठ २८ गते ।
हिन्दीमा बालेको भन्दै चर्को आलोचना खेप्दै आएकी नवगठित जनता समाजवादीका नेतृ सरिता गिरिले मंगलबार भने नेपालीमा बोलेकी छन् ।
उनले संभवतः पहिलो पटक नेपालीमा बोलेकी हुन् । विवादास्पद अभिव्यक्तिका कारण पछिल्लो समयमा आलोचना र चर्चामा रहेकी सरिताले लिम्पियाधुरासहितको भूमि नेपाली नभएको र उक्त भूमि भारतसँग छलफल नगरी सरकारले नक्सा जारी गरेको भन्दै अभिव्यक्ति दिँदै आएकी थिइन् ।
हिन्दी आफूहरुको सम्पर्क भाषा भएकोले संसदमा बोल्न पाउनेपर्ने जिकिर गर्दै आएकी सरिता गिरि नेपाली भाषा राम्रोसँग बोल्न र बुझ्न सक्ने हुँदाहुँदै पनि हिन्दी भाषा बोल्दै आएकी थिएन् ।
तर आज प्रधानमन्त्री केपी ओलीलाई प्रश्न सोध्ने क्रममा भने उनले नेपाली भाषा नै प्रयोग गरेकी हुन् ।
Discussion about this post