मनिराज पाण्डे
कालिकोट जेठ २८ गते ।
टिप्पर दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि कर्णाली प्रदेशमा मुख्य मन्त्री महेन्द्र बहादुर शाही नेपाली सेनाको हेलिकप्टरमा कालिकोट पुगेर फर्किनु भएको छ ।
आज बिहान कर्णाली करीडोर अन्तर्गत श्रृखोली मन्दीर नजिकै टिप्पर दुर्घना भएको थियो । दुर्घनामा परि रास्कोट नगरपालिका २ बर्ष २१ की ठुम्की सार्की बर्ष २३ की सर्मिला सार्कीको मृत्यु भएको छ ।
३ जना अझै बेपत्ता छन् । घाईते ८ जना मध्य ६ जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । गम्भिर खतरा देखिएका २ जनालाइ हेलिकप्टरमा काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले बताउनु भयो ।
बेपत्ता नागरिको खोजी कार्य जारी रहेको डिएसपी श्यामबाबु ओलीयाले बताउनु भयो ।
Discussion about this post