सुर्खेत जेठ २९ गते ।
कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् । कर्णाली प्रदेश अस्पतालको, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज हुन लागेका हुन् ।
कर्णाली प्रदेश अस्पतालको, कोभिड(१९ विशेष अस्पतालका इञ्चार्ज डा नवराज केसीका अनुसार ११ महिला र २० पुरुष रहेका छन । डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १४ जना, चौकुने गाउँपलिकाका ४ जना, बराहाताल गाउँपालिकाका ४ जना, गुर्भाकोट नगरपालिकाका एकजना, सिम्ता गाउँपालिकाका दुईजना र स्थानीय तहको नाम नखुलेका दुईजना रहेका छन् ।
यस्तै, दैलेखका एकजना, सल्यानका दुईजना र बझाङका एकजना रहेका छन । प्रदेश अस्पतालबाट यसअघि सातजना संक्रमित निको भएर डिस्चार्ज भैसकेका छन् । रिपोर्ट नेगेटिभ आएकाहरुलाई अस्पतालले बिहीबार साँझ घर पठाउने तयारी गरेको डा केसीको भनाइ छ ।
Discussion about this post