बाँके जेठ ३० गते ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै नेपालगन्जमा विरोध प्रदर्शन भएको छ । सरकारविरुद्ध युवाहरु सडकमै आउन थालेका छन् ।
सामाजिक सन्जालमा विरोध गर्ने युवा वर्ग सरकारी रवैयाविरुद्ध सडक तताउन थालेका छन् । सरकारविरुद्ध प्रदर्शन गर्न शुक्रबार स्वः स्र्फुत भेला भएका युवाले स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्ने ताकेता खारेज गर्नुपर्ने लगायतका माग गरेका छन् ।
नेपालगन्जका युवाहरुले शुक्रबार जिल्ला प्रसाशन कार्यालय अगाडी धर्ना दिदैं सरकारको रवैया विरुद्ध नारावाजी गरे ।
यसअघि काठमाण्डौंको बालुवाटारमा सरकार विरुद्ध प्रदर्शन भएको थियो । फोेटो रामु ओलि
Discussion about this post