बाँके जेठ ३० गते ।
बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना भाइरस कोभिड-१९ बाट मृत्यु भएका युवकको परिवारलाई नरैनापुर गाउँपालिकाले ५० हजार रुपैयाँ प्रदान गरेको छ । शुक्रबार मृतक युवकको घर वडा नम्बर ५ नयाँ बस्ती पुगेर पालिका अध्यक्ष इस्तियाक अहमद शाहले परिवारलाई क्रिया खर्च स्वरुप ५० हजार रुपैयाँको चेक प्रदान गरेका छन् ।
मृतक युवकका बुवा, आमा र श्रीमतीलाई उनले चेक हस्तान्तगरण गरेका हुन । “अहिलेलाई क्रिया खर्च स्वरुप ५० हजार दिएका हौं, अब मृतकको परिवारलाई घर बनाउन गाउँपालिकाले ३ लाख रुपैयाँ दिन्छौ,” अध्यक्ष शाहले आफ्नो व्यक्तिगत तर्फबाट मृतकको परिवारका बालबच्चाको लागि ५० हजार रुपैयाँ दिने घोषणा गरे”उनले पीडित परिवारका लागि आगामी दिनहरुमा गाउँपालिकाले सक्दो सहयोग गर्ने अध्यक्ष शाहले बताए ।
नरैनापुरमा कोरोनाबाट मृत्यु भएका दोस्रो व्यक्तिमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। भारतको मुम्बइबाट आएका उनी भगवानपुरको दिपेन्द्र प्रावि क्वारेन्टाइनमा थिए ।
Discussion about this post