वीरगञ्ज जेठ ३१ गते ।
प्रदेश नम्बर २मा शनिवार २४ घण्टामा १ सय ७ जना कोरोना संक्रमित थपिएको प्रदेश समाजिक विकास मन्त्रायले जनाएको छ । प्रदेश समाजिक विकास मन्त्रालयले १ सय ७ जना थपिएको विस्तृत जानकारी ४ बजे पछि गराउने जनाएको छ ।
र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ भई उपचारको क्रममा मृत्यु भएका बाराको निजगढ–६ का ५ वर्षीय बालकको पीसीआर परीक्षणमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा बालकको शुक्रबार साँझ मृत्यु भएको थियो ।
अस्पतालमा दुई पटक आरडीटी परीक्षण गर्दा दुवै रिपोर्ट पोजेटिभ देखिएको थियो । शुक्रबार राति गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।
Discussion about this post