बाँके असार ३ गते ।
गण्डकी प्रदेशमा बुधबार थप २१ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार थपिए संक्रमितमा पर्बत र नवलपुरका हुन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ । थप भएका नयाँ २१ जना संक्रमितहरु सबै भारतबाट फर्किएको र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको पनि स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोदविन्दु शर्माले जानकरी दिनुभयो ।
Discussion about this post