खोजखबर संवाददाता
बाँके भदौं ३ गते । नेपालगन्ज उपमहानगरपालिकाको बेवास्ताको कारण अहिले त्रिभुवन चोक दिनानुदिन अस्तव्यस्त हुन पुगेको छ । उपमहानगरपालिकामा नयॉ भर्नापछि प्रयाप्तको संख्यामा नगर प्रहरीका बावजुद कसैले टेलिफोन गरेर जानकारी दिंदा पनि कछुवाको तालमा कामकारवाहीलाई अगाडी बढाउँदा दिनानुदिन यस्ता समस्या थपिने कार्य भइरहेको स्थानियको गुनासो छ ।
नेपालगन्ज नगरको पुरानो र चल्ती बजार सॉझपख स्थानियको घुइचो लाग्ने गरेको र त्रिभुवन चोकमा साथीभाईसंग भेटघाट हुने थलोको रूपमा चिरपरिचित स्थान भएता पनि अव्यवस्थित बजार भएका कारण सवारी साधनलाई कठिनाई हुने गरेको पनि पाइएको छ ।
उपमहानगरपालिका ५ बजे बन्द हुने र त्रिभुवन चोकमा ६ बजेपछि घुइचो लाग्ने भएको भन्ने एउटा पाटो छ भने नगर प्रहरीको चासो र बेवास्ताको कारण पनि नगरको पुरानो बजार त्रिभुवन चोक अस्तव्यस्त र लथालिंग हुन पुगेको छ ।
त्रिभुवन चोकको उत्तर तर्फ फुटपाथे तरकारी र ठेलाको दही पसलले बाटो सॉघुरो बनाएको छ, भने चोकको पश्चिम तर्फ चाट ठेला पसलको साथमा अव्यवस्थित मोटरसाइकल पार्किंगले समस्या थपिएको छ ।
यसै गरी चोकको पश्चिम तर्फ थोक तरकारी पसलको सडक छेक्ने गरी ट्रक खडा गरी तरकारी अनलोडिंगको कारण पनि सडक सॉघुरो हुन पुगेको छ । सॉझको समयमा अति नै ब्यस्त मानिने त्रिभुवन चोकमा रहेको यस्ता थोक तरकारी पसलको अनलोडिंगको समय तालिका नदिंदा पनि यस्ता समस्या देखा परेको स्थानियको भनाई रहेको छ ।
Discussion about this post