काठमाडौं असार ५ गते ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४ सय २६ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये ३ सय ३८ जना पुरुष र ८८ महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २ सय १६ जना डिस्चार्ज भएका छन् ।
Discussion about this post