काठमाडौं असार ६ गते ।
केही दिनयताको लगातार बर्षाको कारण डिल्लीबजार कारागारको बाहिरी क्षेत्रमा रहेको एक जीर्ण भवन शुक्रबार राति भत्किएको छ ।
कारागार भत्किदा घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको थियो। कारागार प्रमुखका अनुसार भवन भत्किदाँ कुनै किसिमको भौतिक क्षति भने भएको छैन तर सवारी हिड्ने बाटो भने अवरूद भएको छ ।
त्यस्तै प्रहरीका अनुसार भीआईपी कैदी रहेको पुरानो भवनको गारो भत्किएर बिजुलीको तार थिच्दा ट्रान्समिटर पड्किन पुगेको हो।विसं. १९६० तिर निर्माण भएको कारागारको भवन २०७२ सालमा गएको भूकम्पले थप क्षतिग्रस्त बनाएको थियो ।त्यसयता कारागारको बाहिरी भागमा कैदीबन्दी बस्ने गरेका थिएनन् । त्यही बाहिर पट्टीको भागमा वर्षाका कारण छत खसेको छ ।
डिल्लीबजार कारागारमा ६ सयभन्दा बढी कैदी छन् । यहाँ रेशम चौधरी लगायतका भीआइपीसमेत समेत छन् । पानीले बाहिरतिरको भाग भत्किएको छ । अरु कुनै क्षति भएको छैन । एक सरकारी छानविन समितिले उक्त भवन बस्नका लागि उपयुक्त नभएको रिपोर्ट दिइसकेको छ । तर, पुरातत्विक महत्वको भवन भएकाले हालसम्म थप कुनै निर्णय भएको छैन ।
अहिलेको स्थितिमा भवनको मर्मत, सम्भार सम्भव नभएको बताउँदै इञ्जिनियरहरु सम्मेलित समितिले नयाँ भवन बनाउन सुझाव दिएको छ । अहिले त्यसक्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था थप मजबुत बनाएको छ ।
Discussion about this post